भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १४ सांसदको दबाब

  • झरना खबर
  • २०७८ श्रावण ६ गते १४:३१ बजे प्रकाशित

काठमाडौँ : नेकपा एमाले सुदूरपश्चिम ९माधव समूह०का प्रदेशसभा सदस्यले नेता भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । रावलले  प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू, प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यहरु काठमाडौं आएर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
 
रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
‘धनगढीमै हुँदा हामीले अनौपचारिक बैठक बसेर हामी १७ जना सांसदहरुले रावल कमरेडलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका थियौं,’ प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले अनलाइनखबरसँग भने, ‘मंगलबार काठमाडौं पुगेर भेट्दै उहाँसँग कुरा राख्यौं । तपाईं सुदूरपश्चिमबासी मात्र नभएर राष्ट्रकै नेता हो । यो निर्णयमा पुनर्विचार गर्नुस् होइन भने हामी पनि राजीनामा दिन्छौं भनेर भन्यौं ।’

जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको कुँवरले बताए । उनले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावाललाई राजिनामा फिता लिन पार्टीभित्रबाट समेत दाबाब छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments