एमाले अध्यक्ष ओली र विप्लव नेताहरुबीच बालकोटमा भेटवार्ता

  • झरना खबर
  • २०७८ श्रावण ५ गते १३:१२ बजे प्रकाशित

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम  चन्द  विप्लवबिच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न महासचिव नेत्रविक्रम चन्द (विप्लव), खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र धमेन्द्र बाँस्तोला मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्।
उनीहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको थियो।

सो भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौं, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौं भनेका छन् । 

उनीहरुको १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो ।

‘कानूनी जटिलता थिए, त्यो फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको हो । अन्यथा रुपमा लिनु हुँदैन भन्यौं’ एमाले नेता भट्टराईले भनेका छन् । र अध्यक्ष ओलीले पनि विपक्षी सरकार भएता पनि पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।

विप्लवले ट्विटर मार्फत पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिएका छन्।

सम्बन्धित समाचारहरू

Comments