सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

  • झरना खबर
  • २०७८ श्रावण ५ गते १२:५२ बजे प्रकाशित

काठमाण्डौ : नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। गत सोमबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४०० रुपैयाँले वृद्धिभई प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसतै तेजावी सुन भने प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको  छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा १० रूपैयाँले घटेर १ हजार २ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments