आज बाट जोन्सन एण्ड जोन्सन खोप बितरण सुरु

  • झरना खबर
  • २०७८ श्रावण ४ गते १३:२७ बजे प्रकाशित

काठमाडौँ अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्य  प्रधानमन्त्री शेरबहादुर देउवाले  जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रबाट अपाङ्ग संघ बाट स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ  गरेका छन् ।नवनियुक्त प्रधानमन्त्री  देउवाले विश्वासको मत पाएको भोलिपल्ट सोमबार काठमाडौँका खोप केन्द्रहरुको स्थलगत निरीक्षणमा निस्कीएर  सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप भएको बताएका छन् ।सो क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध मिलाउन पनि निर्देशन  दिएका छन् । आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई खोप दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।देउवाले आजै त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments