सुनको मूल्य तोलामा २ सयले बढ्यो

  • झरना खबर
  • २०७८ श्रावण ४ गते ११:३१ बजे प्रकाशित

काठमाडौँ : नेपाली बजारमा आज सोमबार  सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९२ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यसतै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज तोलामा ५ रूपैयाँले घटेर १ हजार २ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments