हामी ठूलो दुर्घटनामा परेका छौँ,हामी उठ्छौँ, धुलो टक्टक्याउँछौँ र अगाडि बढ्छौँ : नेता भुसाल

  • झरना खबर
  • २०७८ श्रावण ४ गते १०:५० बजे प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् जोगाउने काम सकिएकाले अब पार्टी जोगाउनुपर्ने बताएका छन् । आइतबार राति ट्विटरमार्फत नेता भुसालले यथास्थितिमा कोही पनि सुरक्षित नभएको भन्दै पार्टी जोगाउनुपर्नेमा जोड दिएका छन् ।

“संसद् जोगाउनुपथ्र्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौँ । यथास्थितिमा कोही पनि सुरक्षित छैनौँ । हामी उठ्छौँ, धुलो टक्टक्याउँछौँ र अगाडि बढ्छौँ,” उनले भनेका छन् ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments