महिनावारीको समयमा यी खानेकुराहरु भूलेर पनि नखानुस !

  • झरना खबर
  • २०७८ श्रावण ४ गते १०:३७ बजे प्रकाशित

अधिकंश महिलाहरुको महिनावारीको समयमा महिनावारी गडवडी लगएत विभिन्न स्वास्थ्य समस्यहरु देखापर्द छ । कसैलाई महिनावारी समयमा नहुने, पेट सहनै नसक्ने गरी दुख्ने, चिड चिडापन आदि समस्याहरु देखा पर्द छन् ।यसो हुनुको मुख्य कारण सरसफइमा  र खानेकुरामा राम्रो ध्यान दिन नसक्नु हो ।त्यसैले महिनावारीको समयमा सरसफइलाई विषेश ध्यनमा राख्दै कस्तो खानेकुरा खानदा फइदाजनक छ र कस्तो खादा बेफाइदा जनक छ भन्ने कुरा जान्नु अतिआवश्यक छ । त्यसका लागि यी खानेकुराहरु महिनावारीको समयमा भूलेर पनि नखानुस । 
१ ) कफी 
महिनावारी नियमित नहुने समस्या छ भने कफि पिउनु हुदैन किनभने कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ । कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । !
२) बोसो युक्त मासुहरु
  महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने मासु खाँदै नखानु राम्रो हुन्छ । मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उपयुक्त हुन्छ ।
३) प्याकिङ गरिएका खानेकुरा
महिनावारी भएको समयमा बजारमा पाइने प्याकिङ गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
४)चिनीजन्य खानेकुरा 
 महिनावारीको समयमा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ। गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ । चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ । दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ ।
५)आइसक्रिम
 क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ । मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ। अधिक मात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन।
६) प्रशोधन गरिएका खानेकुराहरु 
 सजिलो र सुविधाजनक भएता पनि महिनावारीका समयमा स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनुहोस । साथै सोडियमको मात्रा बढी भएको खाना पनि महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ । 

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments