मुक्तक

  • झरना खबर
  • २०७८ श्रावण ३ गते १६:३५ बजे प्रकाशित

१)
मनमा गहिरो ठाउँ लिए तिम्रा यादहरुले।
आँखाका बाँध भत्किए तिम्रा यादहरुले।
मन बेचैन छ,जिन्दगी बेहाल बेहाल छ;
सायद पागल बनाइदिए तिम्रा यादहरुले।
२)
वर्ग वैरीहरुको टाउको गिँड्ने योद्धा खै कहाँ छ?
ज्यानको बाजि राखेर भिड्ने योद्धा खै कहाँ छ?
बन्दुक बोकाउने नाइकेहरु महलमा छन अहिले,
मुक्तिको बन्दुक बोकेर हिँड्ने योद्धा खै कहाँ छ?
३)
दुश्मनको छाँया पर्ने छैन,पैसाले साथ दिन्छ।
कसरी?बाँच्ने चिन्ता हुँदैन,पैसाले साथ दिन्छ।
यो शहर पैसाले बाचेको छ,पैसा कमाउनुपर्छ,
सङ्कटमा आफन्तले हैन,पैसाले साथ दिन्छ।
४)
हाँसिरहन्छन् प्रायः रुँदैनन् अभावमा बाँच्नेहरु।
कसैलाई चोट पुर्याउदैनन् अभावमा बाँच्नेहरु।
कमजोर हुने त आफुलाई बलियो ठान्नेहरु हुन्;
कहिल्यै कमजोर हुँदैनन् अभावमा बाँच्नेहरु।
५)
नदीमा बगाएर सबथोक रोइरहेछ।
आफन्तलाई दिएर शोक रोइरहेछ।
बाढीले छिनमै बस्ती बगर बनायो;
यो समय सिन्धुपाल्चोक रोइरहेछ।
ठेगाना:-साकेला-५ खोटाङ
हाल:-काठमाडौ 

 

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments