आइतबार जनकपुर-जयनगर रेल्वे ट्रयाकको परीक्षण

  • झरना खबर
  • २०७८ श्रावण ३ गते १६:२९ बजे प्रकाशित

जनकपुरधाम : रेल्वे लिक बनाएको दुई वर्षपछि भारतीय रेल ल्याएर जनकपुर-जयनगर रेल्वे खण्को ट्रयाकको परीक्षण गरिएको छ। भारतीय रेल ट्रयाकबाट गुड्दा जनकपुरधाम रेल्वे स्टेशन सहित विभिन्न ठाउँहरु बाट हेर्ने स्थानीयको भीड लागेको थियो ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रुटमा भारतीय रेल ल्याएर ट्रयाकको परीक्षण गरिएको हो । नेपालले गत वर्ष खरीद गरेर ल्याएको रेलले नै ट्रयाक परीक्षण गर्ने भनिएता पनि भारतीय रेल ल्याएर परीक्षण गरिएको हो ।

ट्रयाक परीक्षण सफल भएको रेल्बे साइट इन्जिनियर बिनोल ओझाले बताएका छन्। ‘टेक्निकली ट्रयाक ठीक छ र रेल गुडाउन सकिन्छ’ उनले बताए ।ट्रयाक परीक्षण गर्दा १२० किलोमिटर प्रति घण्टा दौड्ने भनिएपनि गति कमै देखिएको स्थानीयले बताएका छन् ।

आफ्नो खरीद गरेरीएको रेल हुँदा पनि परीक्षणका लागि भारतीय रेल किन ल्याइएको, भन्ने जिज्ञासामा ओझाले परीक्षणका लागि छुट्टै यान हुने भएकाले भारतीय रेल नै ल्याएर परीक्षण गरिएको बताए ।

नेपाल सरकारले गत बर्ष  ८४ करोड ६५ लाखमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ । रेल कहिले संचालनमा आउने भन्ने कुराको टुङगो भने हुन सकेको छैन् ।

सम्बन्धित समाचारहरू

Comments