नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

  • झरना खबर
  • २०७८ आषाढ ३१ गते १६:१७ बजे प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments