आदेश मन परे असहमत हुन पाइने तर अस्वीकार गर्न नपाइने : गगन थापा

  • झरना खबर
  • २०७८ आषाढ २८ गते १६:२७ बजे प्रकाशित

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतलको फैसलामा प्रतिक्रिया दिदै अदालतले संविधानको रक्षा गरेको बताएका छन्।
सर्वोच्च अदालतले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएलगत्तै नेता थापाको यस्तो प्रतिक्रिया आएको हो। उनले संविधानविरुद्ध षड्यन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुष्साहसलाई अदालतले खारेज गरेको पनि बताए। 

उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ। अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन । उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतैबाट नहोस् भन्ने आशा गरौँ । नत्र भीरबाट खस्नेलाई राम राम।’

अदालतको आदेश मन परेन भने असहमत हुन पाइने तर अस्वीकार गर्न नपाइने उनको भनाई छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments