सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ : महेश बस्नेत

  • झरना खबर
  • २०७८ आषाढ २८ गते १४:४७ बजे प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन नेता कार्यकर्तालाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ,‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ’,भनेका छन् । 
 
उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन र निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन भएको बताएका छन् । उनले भने, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ ।’

युवा संघले पनि अदालतको  फैसलाको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments