निरन्तर भाउ बडेको खाने तेलको मूल्य घट्न थाल्यो

  • झरना खबर
  • २०७८ आषाढ २८ गते १४:२९ बजे प्रकाशित

काठमाडौँ : पछिल्लो समय  देखी निरन्तर भाउ बडेको खाने तेलको मूल्य घट्न थालेको छ । आठ महिनादेखि निरन्तर बडेको  र छोइनसक्नु  भएको खाने तेलको मूल्य भने  घट्दै गएको छ । पछिल्लो दुई सातामा भटमास र सूर्यमूखी तेलको बजार मूल्य प्रतिलिटर २० देखि ४० रुपैयाँसम्म घटेको  छ ।तेल उत्पादनका लागि आयात गरिने कच्चा पदार्थको अन्तर्राष्ट्रिय मूल्य घटेपछि खाने तेलको मूल्य घट्न थालेको उद्योगीहरुले बताएका छन् ।

नेपालमा भारत, ब्राजिल, अर्जेन्टिनालगायतका देशबाट खानेतेल उत्पादनका लागि कच्चा पदार्थ ल्याइन्छ ।सूर्यमुखी र भटमासको तेलको कच्चा पदार्थ एक मेट्रिक टनमा तीन सय डलरसम्मले सस्तो हुँदा तेलको खुद्रा मूल्य घटेको उद्योगी कुमुद दूगडले बताए ।


नेपाल खुद्रा ब्यापार संघका अनुसार यस अघि प्रतिलिटर २६५ देखि २७० रुपैयाँ रहेको सूर्यमुखी प्रशोधित तेलको मूल्य २३५ देखि २४० मा घटेको छ ।बजारमा सूर्यमुखी तेल प्रतिलिटर २३५ रुपैयाँसम्म बिक्री गर्न सकिने मूल्य होलसेलबाट आएको संघका कार्यकारणी सदस्य ध्रुव अधिकारीले बताएका छन् । यस्तै २५५ देखि ६० रुपैयाँमा बिक्री भइरहेको भटमासको तेलको मूल्य २२० रुपैयाँमा घटेको छ ।

Facebook Share Twitter mail

सम्बन्धित समाचारहरू

Comments