राजको काँधमा मुस्कानसहित रमाउदै वर्षा

  • झरना खबर
  • २०७८ आषाढ २३ गते १६:१९ बजे प्रकाशित

काठमाडौ : नेपाली चलचित्र उद्योगकी उदाँउदी नायिका हुन् वर्षा सिवाकोटी । वर्षा राज कटुवालसँगको प्रेममा रहेको हल्ला धेरै अघि बाहिरीए पनि उनीहरुले भने हालसम्म स्विकार गरेका छैनन् । गत वर्षको होलीमा दुई जनाले एकसाथ होली मनाएका थिए ।

मंगलबार राज कटुवालसँग वर्षा स्नेहा आश्रममा एक व्यक्तिको जन्मदिन मनाउन पुगेकी थिइन् । वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा राजसँगको रोमान्स गरेको एउटा तस्वीर शेयर गरेकी थिइन् । तस्वीरमा राजको छातीमा वर्षाले टाउको अड्याएको देखिन्छ । दुवैजना निकै खुशी देख्न सकिन्छ । खुलेर प्रेम स्विकार नगरेपनि यो जोडीले सामाजिक सञ्जालमा भने प्रेम व्यक्त गरिरहेका छन् ।

वर्षा पुर्व प्रेमीसँग सम्बन्ध टुटेपछि पुजा शर्मामार्फत राजसँग नजिकिएकी थिइन् । राज पुजा शर्माको मिल्ने साथी हुन् ।

सम्बन्धित समाचारहरू

Comments