कोरोना संक्रमण मुलुकभर २८९२ जना नयाँ थपिए, ४१ को मृत्यु

  • झरना खबर
  • २०७८ आषाढ १६ गते १७:२५ बजे प्रकाशित

काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार १८७ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १८ सय ८९ जना र ४ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ७३ हजार ७४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना कोरोनामुक्त भए, ४१ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५९७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३५ लाख ३२ हजार ९४४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ४१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ११२ पुगेको छ ।

सम्बन्धित समाचारहरू

Comments