नँया नक्शा सबै नेपालीको ढुकढुकी - सांसद राई

  • २०७७ जेष्ठ २८ गते ०७:५५ बजे प्रकाशित

काठमाडौं:नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राईले नेपालको नया नक्शा सबै नेपालीहरुको ढुकढुकी भएको बताएका छन्। संबिधान संशोधनको दोश्रो विधेक माथि छलफलमा भाग लिदै राईले सो कुरा बताएका हुन्। जन कवि गोपाल प्रसाद रिमालको क्रान्तिमय गीत स्मरण गराउदै, संसद राइले सभाको पक्षमा आफुलाई उभ्याउदै नेपाल - स्वत्रन्त्र,अविभाज्य, सार्वभौमसत्ता,सम्पन्न,समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणत्रात्मक राज्य भएको बताउदै राष्ट्रिय हितका लागि गरिने तमाम काम सम्पन्न नहुँदा सम्म कुनै पनि राष्ट्रको परिचय पूर्ण हुन स्मरण समेत गराए ।

उनले संसदमा नेकपाका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री के पी ओलीको मुक्त कण्ठले प्रसंसा गर्दै भौगोलिक अखण्डताको पक्षमा दृढता पुर्वक उभिने नेतृत्व नेपालले पाएको बताउदै निशान छाप प्रस्ताब संसदबाट सर्बसम्मत रुपले पारित भएको हेर्न नेपाली जनता आतुर रहेको र विश्व सामु नेपालीहरु आपत पर्दा एक ठाउमा उभिन्छन भन्ने परिचय दिने महत्व पूर्ण अवसर एवं सफल भएको बताए। यो प्रस्ताब पारितसंगै आफ्नो निर्वाचन क्षेत्रका जनताहरु दिपावली मनाउन आतुर रहेको समेत जानकारी गराए।

सम्बन्धित समाचारहरू

Comments