सामाजिक पुरातनवादी साेचका कारण याैन शिक्षामा भ्रम फैलाउने काम दु:खद

  • झरना खबर
  • २०७७ जेष्ठ १९ गते २१:१० बजे प्रकाशित

काठमाडौं:यौन शिक्षा (Sex education) एउटा विस्तृत संकल्पना हो।जुन मानव यौन अंगहरू,जनन,संभोग अथवा रति क्रिया , यौनिक स्वास्थ्य,जनन-सम्बन्धी अधिकारहरू र यौन-आचरण सम्बन्धी शिक्षाबाट सम्बन्धित छ।माता-पिता र अभिभावक, मित्र-मण्डली, विद्यालयी पाठ्यक्रम,सार्वजनिक स्वास्थ्य जागरूकताको कार्यक्रम आदि यौन शिक्षाको प्रमुख साधन हुन्।नेपालमा र नेपालीमा याैन शिक्षाको भ्रमपुर्ण फैलावटका कारण जति प्रदान हुनुपर्ने हाे भएकाे पाइदैन।

याैन शिक्षा सहजै हाँसिलमा विभिन्न कारण लुकेका छन्।यौन शिक्षामा विभिन्न शारीरिक, मनोवैज्ञानिक र सामाजिक पक्षहरू जोडिएका हुन्छन्। यौन शिक्षा समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा भन्ने बुझिन्छ।तर,यसलाई मानिसले सभ्यता र इज्जतको नाममा अप्राकृतिक तथा हाँसाेकाे रूप बनाइरहेका छन्।त्यसैले यस विषयमा खुलेर बोल्न, छलफल गर्न हाम्रो समाजमा बन्देज गरिएको छ।यस विषयमा बोल्नेलाई अनेक गालीगलौज गरी तिरस्कारसमेत गर्ने गरेको पाइन्छ।कतिपय समुदायमा त सामाजिक बहिष्कार नै गरिन्छ।जसले गर्दा समाजमा बलात्कार,यौन शोषण,करणीलगायतका वीभत्स घटना हुन पुग्दछन्।त्यसैले घर होस् वा विद्यालयमा किशोरकिशोरीलाई यौन शिक्षा एक अत्यन्त महत्वपूर्ण विषय मानिन्छ।

याैन शिक्षा व्यवहारिक पनि छ।नेपालकाे सन्दर्भमा याैन शिक्षालाई अव्यबहारिक र ठट्टाकाे रूपमा लिनु तथा सामाजिक बन्देजमा पारिनु याैन शिक्षाको महत्त्व र यसका सबल पक्षकाे ज्ञानकाे कमिले गर्दा हाे।त्यसमा सामाजिक परम्परागत साेच,अन्धबिस्वास,लाज र तिरस्कारले गर्दा पनि याे पाठ्यक्रममा समावेश हुन सकेकाे छैन। अहिले नेपालमा याैन शिक्षा विषयलाई विद्यालयमा पढाइहुने छुट्टै पाठ्यक्रममा समावेश त गरिएको छैन।तर केही पाठ भने पढाउने गरिन्छ।जसमा स्वास्थ्य,विज्ञान र अनेक पत्रपत्रिका जस्ता विषयमा प्रजनन स्वास्थ्य,यौन रोग,शरीरका विषयहरूमा पढाइन्छ।तर,यौन शिक्षाको विषयमा भने यति थोरै विषयवस्तु विद्यार्थीलाई अपुग हुने स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा.किरण रेग्मीको बुझाइ छ।रेग्मीका अनुसार समाजमा हुने केही गलत प्रवृत्तिले र याैन शिक्षा प्रति गलत धारणा राख्ने मानिसका कारण याे अझै विद्यालयमा विषयगत पढाइ हुन सकेकाे छैन।

समाजमा फरक धारणा राख्ने मानिसको जमात् बढि रहेकाे छ।याैन शिक्षा कत्तिको बैज्ञानिक र व्यवहारिक छ भन्ने कुराकाे हेक्का नहुनु अर्काे दुखद पक्ष हाे। याैन शिक्षाले मानिसलाई छुट्टै प्रकारको ज्ञान दिने गर्दछ।यसमा सामाजिक,मानसिक तथा शारीरिक पक्षहरू समेत समेटिएकाे हुन्छ।कतिपय मानिसमा शारीरिक सम्पर्ककाे ज्ञान पनि रहेकाे पाइदैन।यस्मा याैन शिक्षालाई जाेड्ने हाे भने त्यस्ताे समस्या तत्कालै हटेर जान सक्छ।विद्यालमा याैन शिक्षा पढाइ हुनुपर्छ।त्यसैले याैन शिक्षालाई व्यवहारिक र साझा बनाउँन मानिसमा रहेकाे अन्धविश्वास र सामाजिक गैह्र नस्लवादी साेचलाई परिवर्तन गर्न सक्नुपर्छ। (विभिन्न माध्यमबाट संकलन गरिएको)

सम्बन्धित समाचारहरू

Comments