प्रधानमन्त्री ओलीको सपथ दिउँसो २ बजे

  • झरना खबर
  • २०७८ बैशाख ३१ गते १०:३६ बजे प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

सम्बन्धित समाचारहरू

Comments