कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा

  • झरना खबर
  • २०७८ बैशाख २८ गते ११:५२ बजे प्रकाशित

बलिउड नायिका अनन्या पाण्डेले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’बाट बलिउडमा प्रवेश गरेकी थिइन् । कलाकार चंकी पाण्डेकी छोरी अनन्याको बलिउड यात्रा २ बर्ष पुरा भएको छ । अनन्याले २ बर्षमा बलिउडमा राम्रो छाप छाडेकी छिन् । आज उनको हातमा बलिउडका ठूला कम्पनीका चलचित्र छन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै अनन्याले आफ्नो लागि बलिउडको यात्र शानदार भएको उल्लेख गरेकी छिन् । उनले, आफ्नो सपना पुरा भएको बताएकी छिन् । उनले भनिन्–‘दर्शकको माया, आर्शिवाद र सहानुभुती नभएको भए म यो स्थानमा पुग्ने थिइनँ । मानिसहरुले मलाई जुन तरिकाले माया दिएका छन्, त्यो मेरो मनको नजिक छ ।
मलाई साथ दिने निर्देशक, प्राविधिक, कलाकार सबैलाइ म धन्यवाद दिन चाहन्छु, जोसँग मैले काम गरेको छु । मैले सबैबाट केही न केही कुरा सिकेकी छु । म धन्यवाद मेरा फ्यानहरुलाई दिन चाहन्छु, जसले मलाई यति धेरै माया दिएका छन् ।’

अनन्याले साउथका स्टार विजय देवरकोन्डाको साथमा ‘लाइगर’मा काम गरिरहेकी छिन् । साथै, उनले नायिका दीपिका पादुकोण र सिद्धार्थ चतुर्वेदीको साथमा पनि एक चलचित्रमा काम गरिरहेकी छिन् ।

सम्बन्धित समाचारहरू

Comments