अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

  • झरना खबर
  • २०७८ बैशाख २७ गते १५:२३ बजे प्रकाशित

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन–२’ अनिश्चितकालका लागि बन्द भएको छ । 

कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’ आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’

आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments