सुनको भाउ बढेर तोलाको ९२ हजार रुपैयाँ पुग्यो

  • झरना खबर
  • २०७८ बैशाख २७ गते १३:१४ बजे प्रकाशित

काठमाण्डौ : सुनको भाउ बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ । आजको भाउ हिजोको भन्दा दुई सय रुपैयाँ बढी हो ।

हिजो तोलामा सुन ९१ हजार ८ सय रुपैयाँ थियो । कोरोना भाइरसको जोखिमका कारण लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा पैसा हाल्न थाले पछि सुनको भाउ बढेको हो । नेपालमा अहिले सुनको कारोबार खासै छैन । तर, अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढी आकर्षित भएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा पुगेको छ ।

सम्बन्धित समाचारहरू

Comments