आइपिएल : कोलकाता र बेंग्लोरबीच आज हुने भनिएको म्याच रद्द, कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण

  • झरना खबर
  • २०७८ बैशाख २० गते १४:०८ बजे प्रकाशित

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको म्याच रद्द गरिएको छ । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको हो ।
कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स संक्रमित भएका हुन् । कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेपछि सोमबारको म्याच रद्द गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।
स्थगित गरिएको म्याचलाई पछि खेलाइने आयोजकको भनाइ छ । आइपिएल सुरु हुनुअघि पनि केही खेलाडी संक्रमित भएका थिए । कोलकाताका नीतीश राणा, बेंग्लोरका देवत्त पाडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल, एनरिच नोर्खिया लगायतका खेलाडी संक्रमित भएका थिए ।
कोरोना संक्रमण बढेको अवस्था केही खेलाडीहरु आइपिएलबाट हटिसकेका छन् । 

सम्बन्धित समाचारहरू

Comments