एकता जेम्स कलेजद्धारा आयोजीत स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

  • झरना खबर
  • २०७७ चैत्र २२ गते ०९:५८ बजे प्रकाशित

काठमाण्डौ : जोरपाटी स्थित नयाँ बस्तीमा रहेको एकता जेम्स कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई विधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शनिबार ड्रिम हाउस इन्टरनेस्नल पार्टी प्यालेसको सभा हलमा एक विशेष कार्यक्रम मार्फत विद्यार्थीहरुलाई स्वागत र विधाई दिएको छ।

बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता कलेजका क्याम्पस प्रमुख भिम दर्लामीले गरेका थिए।कार्यक्रममा शुभकामना मन्तव्य राख्ने  क्याम्पस प्रमुख दर्लामीले एकता जेम्स कलेजले  विद्यार्थीहरुलाई ब्यबहारिक र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । सो कार्यक्रममा प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन सुबेदी,इसानका अध्यक्ष राजकुमार श्रेष्ठ,निसानका अध्यक्ष ओम प्रसाद ढकाल विशेष अतिथिमा रहेका थिए भने विभिन्न कलेजका प्राध्यापकहरु अतिथिमा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख मन्त्री रामेश्वर फुयालले एकता जेम्स कलेज प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना ब्यक्त गरेका थिए । कलेजको उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त गायीका अञ्जु पन्तले गीत गायर कार्यक्रमको माहोल तताएकी थिइन ।कार्यक्रम मार्फत कलेजले नेपालका ख्याती प्राप्त जनताका गायक जन गायक जीवन शर्मालाई सम्मान समेत गरेको कलेजका क्याम्पस प्रमुख भीम बहादुर दर्लामीले जानकारी गराएका छन् । कार्यक्रममा  कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए  ।

 

 

 

 

सम्बन्धित समाचारहरू

Comments