लकडाउन समस्याको हल हो ?

  • २०७६ चैत्र १७ गते ११:५७ बजे प्रकाशित

सबैलाई थाहा छ अहिलेको अवस्था नाजुक छ । बाहिर भन्दा घरमै सुरक्षित भइन्छ । सरकारले आम नागरीककै लागि भनेर लकडाउन गरेको छ । लक डाउनको सीमा एक हप्तालाई फेरि थपिएको छ । के त यो समस्याको हल लकडाउन नै हो त ? लकडाउनमा कहिले सम्म बस्ने ? लकडाउनमा बसेर खाने चाहि के ? देशमा लकडाउन भए पनि पेटमा लकडाउन भएको छैन । हुने खानेलाई त लकडाउनले असर नर्पाला । फोन को भरमा सबै चिज घर मै आइहाल्छ  । हुदा खानेले चाहि के गर्ने सरकार ? सुन्नमा आएको थियो गोकर्नेश्वरका मेयरले पनि नगर बासीलाई राहात दिने रे । के राहात दिने रहेछन् ? ३ सय प्रतिसत बढाएको कर लाइ थप ५ सय प्रतिसत पुराउने त होइन ?
नगरपालिकाकोे आयस्रोत बढायौं भनेर गर्व गर्छन् । कसरी बढाए भन्दा जनताको डाढ भांचेर धन्य जनप्रतिनीधि ज्यु । जनतालाई समस्या पर्दा के गरेको छ नगरपालिकाले ? यस्तै हो भने जनता सडकमा उत्रेर जनप्रतिनीधि बहिस्कार गर्ने दिन आउन सक्छ । नगर प्रमुख ज्यू हाम्रो आग्रहलाई कमजोरी नसम्जनुहोस् । तपाइले आफनो घोषणापत्रमा उल्लेख गरेको वाचाहरु एक पटक हेर्नुहोस । 
देशमा लकडाउन छ तथापि बिदेशबाट आउनेको लर्को छ । अहिले जति पनि कोरोना सक्रमित देखिएका छन् , सबै बिदेशबाट आउने नै छन् । बिदेशबाट आउनेलाई कडाइ नगर्ने । यहाँ चाहि लकडाउन गरेर जनतालाई सास्ति दिनुको अर्थ छैन । स्थानिय सरकारले विशेष ध्यान दिन पर्यो आपनो नगर भित्र कोको बिदेश गएका छन् र कोको हालसालै घर आएका छन् । बिदेशबाट आउनेको अवस्था के छ ? यस्ता रेकर्ड राख्न पर्यो । 

एक जना रोगीले ३ जना सम्मलाई रोगी बनाउन सक्छ भन्ने भनाइ छ । अहिले सम्म कोरोना सक्रमित देशबाट कति जना आए । त्यो तथ्य राज्य सग छैन् । बिदेशबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्न पर्थ्यो त्यो गर्न सकेको छैन । काम गरेर बिहान बेलुकाको छाक टार्न गारो भएकालाई सेल्फ क्वारेन्टाइन बस भनेर के गर्नु । खान पनि दिन पर्यो नि । 
सरकार ले घरबेटीलाई भाडा नलेउ भन्छ । ठीक छ नलिने केही छैन । त्यो घर बनाउदा लागेको करोड रिण सरकारले तिरिदिने हो ? घर बनाएको रिण तिरेको छैन। महिना मर्न पाउदैन बैंक बाट फोन आउछ । गर्ने चाहि के ? भन्न जति सजिलो छ गर्न त्यत्तिकै गारो छ । व्यवहारिक बन्ने कोशिस गर सरकार ।
अन्तराष्ट्रिय जगतमा हेर्न हो भने जनतालाई समस्या पर्दा राज्यका हरेक अंगले सहयोग  गर्छन् । यहा भने अप्ठारो परेपछि काखमा राखेर निमोठ्छन् । बजार भाउ मनलागी बढाएका छन् । बजार भाउ बढाउने लाइ कारवाही गर्ने भन्छ स्थानिय सरकार । कारवाही कसलाई र कहा गर्यो ? अहिले सम्म । हिजो किन्दा एउटा कागती १० रुपैया थियो, आज त्यसको २० रुपैया भएको छ । एक दिन मै १० रुपैया मूल्य बढेको छ । त्यस्ता मौकामा चौका हान्नेलाई कारवाही चाहि कसले गर्ने ? खाना पकाउने ग्यास नपाएको एक महिना भइसक्यो । कुनै समस्या परे मलाई फोन गर भनेर सामाजिक सन्जला भर्न सक्ने स्थानिय जनप्रतिनीधिहरु जनता को समस्या प्रति किन बेखबर छन् । मलाई ग्यास चाहियो लेऊ । 
साना ब्यापारीले सानै तरीकाले ठूला ब्यापारीले ठुलै तरिका ले लुटीरहेका छन् । सक्नेले  आफनो ठाउ बाट लुटी रहेकै छ । गरिब झन गरिब बन्दै छ । धनी झन धनी बन्दै छ । यस्तै रहेछ गणतन्त्र नेपाल मा । स्थानिय सरकारको हरेक कदममा साथ दिदै आएका आम सर्वसाधारणको समस्या भने स्थानिय सरकार ले बुझन सकेन । आसेपासेको बिश्वास गरेर जनतालाई घात गर्यो । न गोकर्णश्वर मा सत्ता पक्ष्य ले केही गर्योे न त प्रतिपक्ष्य ले नै । कालेकाले मिलेर खाउँ भाले भन्ने नै रहेछ नगर  बनाउछु भन्ने हरु को नीति । 
   ghimirepuru@gmail.com        

सम्बन्धित समाचारहरू

Comments