सर्वोच्चमा निवेदक पक्षको बहस सकियो

काठमाण्डौ : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन १३ वटा रिट निवेदनमा निवेदक पक्षबाट बहस सकिएको छ । माघ ४ गतेबाट सुरु भएको बहसमा निवेदकका तर्फबाट ६३ जनाले बहस गरेको सर्वोच्च ले जनाएको छ । सबै निवेदनको पक्षमा बहसका लागि तीन सयभन्दा बढीको वकालतनामा थिए । त्यसका लागि १३ कार्यदिनमा निवेदकको तर्फबाट बहस सकिएको हो । सोमबारदेखि विपक्षीका तर्फबाट बहस प्रारम्भ हुनेछ । सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहस प्रारम्भ गर्ने तयारी छ ।

सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता खरेलसहित ११ जनाले बहस गर्नेछन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता सुशील पन्त, वरिष्ठ अधिवक्ताहरू रविनारायण खनाल, महेश नेपाल, नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेललगायतले बहस गर्नेछन् ।यस्तै सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली, अधिवक्ता श्रीकृष्ण सुवेदी, श्यामप्रसाद खरेलले बहस गर्नेछन् ।यो खबर आजको
गोरखापत्र दैनिकमा छ 

सम्बन्धित समाचारहरू

Comments