एडभान्स चामुण्डा इन्स्टिच्युटले फागुन ३ गते गणित विषयको १७ औं बुस्ट अप परीक्षा आयोजना गर्ने

काठमाडौं - '' हामी गफमा हैन काममा विस्वास गछौं '' भन्ने मूल उदेश्यका साथ गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-५ जोरपाटीमा संचालित एडभान्स चामुण्डा इन्स्टिच्युटले बुस्ट अप गणित परीक्षाको आयोजना गर्ने भएको छ । राजधानीको पूर्वी भेगमा आफ्नो छुट्टै पहिचान सहित स्थापित एडभान्स चामुण्डा इन्ष्टिच्युटले अनिवार्य गणित विषयको एसईई बुस्ट अप परीक्षाको १७ औं श्रृङखला आयोजना गर्ने भएको हो ।

आज (सोमबार) एडभान्स चामुण्डा इन्स्टिच्युटले एक सूचना जारी गर्दै आगामी फागुन ३ गते शनिबार उक्त परीक्षा संचालन गर्न लागिएको जानकारी गराएको छ । ईन्ष्टिच्युटले जारी गरेको सूचना अनुसार गणित विषयको बुस्ट अप परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने भएको छ ।

उक्त बुस्ट अप परीक्षामा राजधानी र राजधानी बाहिरका झण्डै १ सय ५० भन्दा बढी सामुदायिक र निजी विद्यालयमा १० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् ।

उक्त परीक्षाले विद्यार्थीहरुको अनिवार्य गणित विषयको अध्ययनमा स्तर वृद्धि गर्ने र एसईई परीक्षामा हौसला प्रदान गर्ने लक्ष्य लिएको एडभान्स चामुण्डा इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर दिपक रायमाझीले जानकारी दिएका छन् ।

प्याब्सन काठमाण्डौ,इसान,निशान,जोरपाटी फोरम,डिनफेस जस्ता प्रतिष्ठित शैक्षिक छाता संस्थाहरुको सहयोगमा संचालन गरिने सो बुस्ट अप परीक्षामा ५ हजार भन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराई नतिजामा उत्कृष्ट हुने ३ जना विद्यार्थीलाई नगद पुरस्कारका साथै उच्च शिक्षा अध्ययनमा पूर्ण छात्रवृत्ति दिईने रायमाझीले बताएका छन्  ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई मायाको चिनो र प्रत्येक सहभागी विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

गणित विषयको परीक्षा भने फागुन ३ गते शनिबार विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर संचालन गरिने भएको छ ।

पछिल्लो समय एडभान्स चामुण्डा इन्स्टिच्युटले बैकल्पीक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्यस्तै इन्स्टिच्युटले शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

Comments