रस्सा कस्सिका बिच प्याब्सन गोकर्णेश्वरको अध्यक्षमा अधिकारी चयन , कागलाई बेल पाक्यो हर्ष न विस्मात्
- झरना खबर
- २०८१ पौष १९ गते ०९:५५ बजे प्रकाशित

टि एन धमला (मुनामदन) - जोरपाटी- प्याब्सन गोकर्णेश्वरको तेश्रो अधिवेशन सम्पन्न भएको छ । लामो रस्सा कस्सिका बिच प्याब्सन गोकर्णेश्वरको अध्यक्षमा सुदिप अधिकारी चयन भएका छन् ।
सुरुमा प्याब्सन शैक्षिक तथा बौद्दिक ब्यक्तिहरुको समूह भएको भन्दै कुनै राजनीतिक तुछ नपर्ने गरि बैचारिक छलफलबाट कार्यसमितिका पदाधिकारी सहमतिका आधारमा चयन गर्ने भनिएपनि अन्नत: सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत अधिकारी अध्यक्षमा चयन भएका हुन् ।
प्याब्सन गोकर्णेश्वरको अध्यक्षमा चार जनाको दाबेदारी परेपछि प्याब्सन गोकर्णेश्वरले लामो समयदेखि कार्यसमिति गठन गर्न सकेको थिएन । केहि पदाधिकारी सहमतिमा चयन भएपनि अध्यक्ष चयनमा सहमती नजुटेपछि ५ सदस्य रहेको अध्यक्ष मण्डल गठन गरेर अध्यक्ष चयनको जिम्मेवारी दिएको थियो ।
उक्त अध्यक्ष मण्डललाई समेत अध्यक्ष चयन गर्न हम्मे परेपछि निर्वाचन भएको थियो । अन्तत: निर्वाचन मार्फत सिर्जना इङ्गिस स्कुलका प्रिन्सिपल समेत रहेका सुदिप अधिकारी अध्यक्षमा चयन भएका हुन् । हिजो बिहिबार छिमेकी पार्टी प्यालेसमा भएको तेस्रो नगर अधिवेशनबाट सुदिप अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन भएको छ ।
उच्चतम अभ्यासका बिच भएको निर्वाचनमा जम्मा ७४ मत मध्ये ४२ मत प्राप्त गरि झण्डै तेब्बर मतान्तरले अधिकारी ३ वर्षे पदावधिको लागि अध्यक्षमा चयन भएका छन् । गोकर्णेश्वर नगर प्याब्सनको तेस्रो नगर अधिवेशनको उद्घाटन सत्र भने पौष १ गते भएको थियो ।
त्यस्तै गोकर्णेश्वर नगर प्याब्सनको कार्यसमितिमा एटलान्टिक स्कुलका फाउण्डर बच्चुराम चौंलागाई उपाध्यक्षमा चयन भएका छन् भने राजभाइ धौगोडा सचिवमा चयन भएका छन् । कार्यसमितिमा क्रमश: अरुण ज्योति स्कुलका फाउण्डर प्रिन्सिपल छेवाङ्ग छेदर भुटिया कोषाध्यक्षमा र रोयल्टी सेकेण्डरी स्कुलका फाउण्डर एवम् कार्यकारी प्रमुख देवेन्द्र चन्द ठकुरी सह-सचिव र रेवती प्रसाद ढुङ्गेल सह-कोषाध्यक्षमा चयन भएका छन् ।
नगर अधिवेशनले ३ वर्षे कार्यकालका लागि सदस्यहरुमा भने राम प्रसाद आचार्य ,मिलन श्रेष्ठ , भावना भट्ट , सुदर्शन बजगाईं , दावा तामाङ्ग , जानकी खड्का , सरिता श्रेष्ठ , पुष्पलाल देवकोटा , श्रीकुमार श्रेष्ठ , तुलसा थापा र सुष्मा भुजेल शाह चयन भएका छन् । अधिवेशनले सङ्गठन बिभाग प्रमुखको जिम्मेवारीमा भने सुदर्शन थापालाई चयन गरेको छ ।
निजी तथा आवाशिय विद्यालयहरुको छाता संगठनका रुपमा चिनिएको प्याब्सन गोकर्णेश्वर नगर कमिटिले पदाधिकारी चयन गरेपनि 'कागलाई बेल पाक्यो हर्ष न विस्मात् ' जस्तै भएको शैक्षिक जानकारहरुले बताएका छन् । प्याब्सन जस्तो संगठन शैक्षिक बिकासको लागि जुन तहबाट क्रियाशिल हुनुपर्ने थियो त्यो नहुँदा निजी विद्यालयहरुका संचालकले एकपछि अर्को गर्दै राजनीति गर्न छाता संगठन निमाार्ण गर्न थालेको जानकारहरुको भनाइ छ ।
गोकर्णेश्वर नगरपालिकामा प्याब्सनको साङ्ठनिक सोचको फरक आयमलाई स्थापना गर्दै लगेका निवर्तमान कार्यसमितिका अध्यक्ष दुर्गानाथ (डिएन) सिवाकोटि भने प्रमुख सल्लाहाकारमा रहेका छन् ।
अहिले देशैभर प्याब्सनको नगर कार्यसमितिको अधिबेशन भइरहेको छ । नगर अधिवेशन पछि पौष महिना भित्रमा जिल्ला अधिबेशन, माघ भित्रमा प्रदेश र फागुन भित्रमा केन्द्रको अधिबेशन सम्पन्न गर्ने प्याब्सन केन्दिय समितिको कार्यतालिका रहेको छ। भिडियो हेर्नका लागि यो लिङक खोल्नुहोस् :
अन्तिम अपडेट : २०८१ पौष २४ गते ०९:०८ बजे
Comments