अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
- झरना खबर
- २०८१ पौष १५ गते ०८:५५ बजे प्रकाशित
.jpg)
काठमाडौं - अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको १०० वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ ।उनको २९ डिसेम्बरको दिन अमेरिकाको जर्जियामा १०० वर्षको उमेरमा निधन भएको हो । उनका छोराले कार्टरको निधन भएको पुष्टि गरेका छन् ।
सन् १९२४ अक्टुबर १ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९ औं राष्ट्रपति बनेका थिए । मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए ।
उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए ।कार्टर लामो समयदेखि मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित थिए । कार्टरका छोराले उनलाई ‘हिरो’को संज्ञा दिएका छन् ।
कार्टरको निधनप्रति अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ‘सिंगो अमेरिका कार्टरप्रति ऋणि रहेको’ भनी प्रतिक्रिया दिएका छन् । यस्तै, कार्टरलाई सम्झिँदै पूर्व राष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, ‘कार्टर अरुको सेवाका लागि जीउँथे ।’
उनी अमेरिकाको इतिहासमा सबैभन्दा लामो समयसम्म जीवित रहेका राष्ट्रपति थिए । उनी एक सामान्य बदाम ९मुमफली० किसानबाट मुलुकको राष्ट्रपतिसम्म बनेको भनी चर्चा भइरहेको छ । जिमी कार्टर प्रति हार्दिक श्रदाञ्जली
अन्तिम अपडेट : २०८१ पौष १५ गते ०९:०० बजे
Comments