शंखरापुरका कर्मचारी अमर्यादित : लगाउँदैनन सरकारी पोशाक-सतर्कता केन्द्रको अनुगमन

काठमाण्डौं - कुनै पनि सरकारी कार्यालयमा कर्मचारीलाई सेवाग्राहीले सजिलै चिन्न सकुन र सरकारी कर्मचारीहरुको पहिचानका लागि भनेर सरकारले पोसाकको ब्यबस्था गरेको छ । तर  शंखरापुर नगरपालिकामा कर्मचारीहरु सरकारी पोशाक बिनै कार्यलयमा आउने गरेको पाइएको छ । शंखरापुर नगरपालिकामा सोमबार राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमका क्रममा अधिकांस कर्मचारीहरुले सरकारी पोशाक नलगाएको पाइएको हो ।

नगरपालिकाले कर्मचारीहरुलाई पोशाक किन्नका लागि पैसा दिदै आएको छ । कर्मचारीहरुले पैसा बुझ्छन तर त्यसले पोशाक किन्छन या किन्दैनन त्यो समेत थाहा छैन । शंखरापुर नगरपालिकामा अधिकांस कर्मचारीहरु कार्यालय समयमा पनि सरकारी पोशाक नलगाई बस्ने कर्मचारीहरु धेरै छन ।

सरकारले दिएको पोशाक भत्ता बुझ्ने तर पोशाक नलगाउने कर्मचारीहरु बिभिन्न बाहना गर्दै इमान्दार बन्न खोज्छन । अनुगमनका क्रममा नगरपालिकाका कर्मचारीहरुले सरकारी पोशाक नलगाएको पाइएपछि राष्ट्रिय सतर्कता केन्द्रले पोशाक नलगाउने कर्मचारीहरुको नाम संकलन गरेर लगेको छ । नगरपालिकाका अधिकांस कर्मचारीहरु सरकारी पोशाक  बिना नै कार्यालयमा बसेको भेटिन्छन् कार्यालय नजिकै रहेका एक स्थानीयबासीले भने । उहाँहरुलाई प्राय सरकारी पोशाक लगाएको देखेका छैनौ उनले भने ।

कर्मचारीले कहिले जाडोलाई दोष दिन्छन त कहिले धोएको र नसुकेको बहाना बनाउछन । कार्यालय प्रमुखहरुले नै सरकारी पोशाक नलगाएरै कार्यालय आउने गरेका छन । राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गर्दै सरकारी पोशाक लगाउने विषयमा कर्मचारीहरुलाई आग्रह गरेको छ । केन्द्रले सरकारी पोशाक र परिचय पत्र अनिवार्य लगाएर कार्यालयमा आउन समेत सतर्कता गराएको छ ।

सम्बन्धित समाचारहरू

Comments