स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीन जना पक्राउ

काठमाडौं - जोरपाटीबाट ९२ लाख नगदसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले स्रोत नखुलेको ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ९२ लाख नगदसहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा रवि धमला, जितबहादुर तामाङ र सन्तोष खाती रहेका छन्। पक्राउ परेका मध्य जितबहादुर तामाङ रसुवा स्थायी घर भएको र सन्तोष खाती र रवि धमला भने  संखुवासभाका भएको खुलेको छ । 

प्रहरीका अनुसार उनीहरूबाट ७७ लाख र पछि १५ लाख गरी जम्मा ९२ लाख बरामद भएको हो। स्रोत नखुलेको रकम बरामद भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।

सम्बन्धित समाचारहरू

Comments