
जोरपाटी- गोकर्णेश्वर नगरपालिकाले शिक्षा तथा खेलकुद शाखा प्रमुख बिर बहादुर खड्कालाई स्वागत गरेको छ । नगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रमको आयोजना गर्दैै स्वागत गरिएको हो ।
बुधबार आयोजित कार्यक्रममा शाखा प्रमुख खड्कालाई नगर प्रमुख दिपक कुमार रिसाल , उप-प्रमुख सान्नानी लामा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली नगरपालिकाका कर्मचारी लगायतले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै खड्काले आफुले सबैसँग मिलेर काम गर्न शिक्षा तथा खेलकुद शाखाको जिम्मेवारी सम्हालेर आएको बताउनुभयो । उहाँले शिक्षा तथा खेलकुदको विकास र सफलताका लागि सबै मिलेर आगाडि बढ्नुको विकल्प छैन,म जति समय यस नगरपालिकामा रहन्छु त्यतिबेलासम्म शिक्षा तथा खेलकुदमा देखिने खालको काम गरेर जानेछु । यसका लागि शिक्षामा आवद्ध सबैको सहयोगको आवश्यकता छ' भन्नुभयो ।
त्यस्तै कार्यक्रमममा बोल्दै नगर प्रमुख रिसालले नियम र कानुनका आधारमा शिक्षा क्षेत्रमा देखिएका तमाम समस्या समाधान गर्न शिक्षा तथा खेलकुद शाखाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँले गुणस्तरीय शिक्षा प्रदानमा गोकर्णेश्वर नगरपालिकाले कुनै कमजोरी नराख्ने समेत बताउनुभएको छ ।
शिक्षा शाखा प्रमुख समेत रहेका उप-सचिव दण्ड पाणी शर्मा उमेर हदका कारण गत भदौ १० गते अनिवार्य अवकासमा गएपछि नगरपालिकाको शिक्षा शाखा प्रमुख पद खाली रहेको थियो । उक्त स्थानमा तारकेश्वर नगरपालिकाबाट सरुवा भएर शिक्षा तथा खेलकुद शाखा प्रमुखको रुपमा बिर बहादुर खड्का आउनु भएको हो ।
अन्तिम अपडेट : २०८१ पौष ५ गते १२:३८ बजे
Comments