सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर सेवा उपलब्ध ,अध्यक्ष लामाले गरे डाक्टरलाई स्वागत
- झरना खबर
- २०८१ मङ्सिर ३० गते ०९:२१ बजे प्रकाशित
.jpg)
काठमाण्डौं- गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर-६ मा रहेको सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर मार्फत स्वास्थ्य सेवा उपलब्ध भएको छ । उक्त केन्द्रबाट सार्वजनिक बिदाको दिन बाहेक दैनिक ३ घण्टा ओपीडी र माइनर आकस्मिक सेवा उपलब्ध हुने भएको छ ।
केन्द्रबाट स्वास्थ्य सेवा लिने सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर विशेषज्ञ डाक्टर नियुक्त गरि सेवा शुरु गरिएको वडा अध्यक्ष नवराज लामाले जानकारी दिएका छन् । सर्वेश्वर शहरी स्वास्थ्य केन्द्रबाट पहिलो चरणमा मंसिर २३ गतेदेखि पुष मसान्तसम्म सेवा प्रवाह हुने अध्यक्ष लामाले बताएका छन् । शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर दिवाकर पराजुलीलाई नियुक्त गरिएको छ ।
सर्वेश्वर प्राथमिक स्वास्थ्य केन्द्रलाई वडाले शहरी स्वास्थ्य केन्द्रका रुपमा परिणत गरेको थियो । अहिले स्तरोन्नति गर्दै विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरेको हो । विशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएपछि स्वास्थ्य केन्द्रमा आउने बिरामीको चाप पनि बढेको छ । वडाले पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको छ ।
अन्तिम अपडेट : २०८१ पौष ३ गते ०९:२९ बजे
Comments