ग्वाटेमाला सिमानामा नेपाली आप्रवासी मारिए

  • झरना खबर
  • २०८१ आश्विन १७ गते १४:४५ बजे प्रकाशित

काठमाण्डौं - नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी ग्वाटेमालाको सिमानामा मेक्सिकन सैनिकबाट मारिएका छन् ।

ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने समाचारहरूमा उल्लेख छ ।

मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने ।

आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् ।

सम्बन्धित समाचारहरू

Comments