गोकर्णेश्वरका सबै स्कुलमा डिजिटल कक्षा सुरु, नेपालमै पहिलो नगरपालिका बन्दै
- झरना खबर
- २०८१ आश्विन ३ गते १०:०२ बजे प्रकाशित
काठमाडौँ - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भिडियो सामग्री सञ्चालनमा ल्याएको छ । शिक्षा दिवसको अवसर पारेर नगरपालिकाद्वारा आयोजित समारोहमा उक्त भिडियो सामग्री सञ्चालनमा ल्याइएको जनाएको हो ।
विद्यार्थीको ज्ञान, सीप र क्षमता थप विकास गर्ने उद्देश्यले कक्षा एकको स्थानीय पाठ्यक्रमको भिडियो सामग्री सञ्चालनमा ल्याइएको नगरपालिकाका मेयर दिपक कुमार रिसालले बताएका छन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख दिपककुमार रिसालले नगरपालिका भित्र सञ्चालित पेशा, व्यवसाय, धार्मिक तथा पर्यटकीय स्थलबारे विद्यार्थीलाई दृश्य मार्फत सिकाउने उद्देश्यले सो पहल गरिएको बताए । शिक्षा क्षेत्रलाई प्रविधिसँग विस्तार गर्ने योजना अनुसार सो कदम चालिएको उनको भनाइ छ ।
अन्य कक्षा स्थानीय पाठ्यक्रमलाई क्रमश भिडियो सामग्रीमा रुपमान्तरण गरिने नगरपालिका प्रमुख रिसालले बताए । यसैबीच, नगरपालिका भित्र शिक्षामा योगदान पुर्याउने व्यक्तित्व तथा माध्यामिक शिक्षा परीक्षा एसईइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
अन्तिम अपडेट : २०८१ आश्विन ३ गते १०:१७ बजे
Comments