जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न

  • झरना खबर
  • २०८१ श्रावण २७ गते ०९:३७ बजे प्रकाशित

काठमाडौं- आर्या मिडिया हाउस प्रा.लिको आयोजनामा शनिबार जुनियर सिंगिङ स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको हाइलि क्रिएटिभ स्कुलको सभाहलमा शनिबार सम्पन्न अडिशनमा १२५ जनाले सहभागिता जनाएका थिए । जसमध्ये अर्को चरणको लागि २२ जना छनौट भएको आर्या मिडिया हाउसका अध्यक्ष तथा कार्यक्रमका संयोजक कपिल कार्कीले जानकारी दिए ।

गायन क्षेत्रमा रुचि राख्ने तथा १६ वर्ष मुनिका बालबालिकाहरु जो दुर–दराजमा रहेर आफ्नो लुकेर रहेको प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले सिंगिङ स्टार रियालिटी सो आयोजना गरिएको हो ।

त्यसैगरी आउँदो भदौ १५ गते अर्को अडिशन हुने संयोजक कपिल कार्कीले बताएका छन् । पहिलो अडिसन र अर्को साता हुने अडिशनमा छनौट भएकाहरुलाई गायनकला तथा प्राविधिक कुराहरुको प्रशिक्षण दिने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको नेपालका धेरै शहर तथा ग्रामिण भेगबाट डिजिटल तथा प्रत्यक्ष रुपमा अडिसन सुरु भएको  छ ।

सहभागीहरुलाई दोस्रो चरणमा लैजानका निम्ति निर्णायक मण्डलद्धारा छनोट गरिने नियम रहेको छ । देशभरिका सहभागिहरु मध्येबाट एक सय जनालाई दोस्रो प्रतिस्पर्धा राउण्डका निम्ति काठमाण्डौमा बोलाइने छ । त्यसपश्चात क्रमबद्ध रुपमा कालाकारहरु छनोट हुँदै फाइनलमा प्रवेश गर्ने छन् ।

पछिल्लो सयम पैसा र पावरले प्रतिस्पर्धी छान्ने प्रवृत्ति बढिरहेको भन्दै आलोचना भईरहेको बेला जुनियर सिंगिङ स्टारका निर्णायकले भने बजारमा चल्ने गरेका हल्लालाई गलत सावित गर्ने बताएका छन् । अडिशनमा गायक गायक डिजराज पौडेल र गायिका सरु गौतमले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

जुनियर सिंगिङ स्टार ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ ग्लोबल टेलिभिजन एचडिमार्फत हरेक शुक्रबार र शनिबार प्रसारण हुनेछ । जुनियर सिङ्गिङ स्टारको भोटिङ पाट्नर इसेवा रहेको छ । त्यस्तै जुनियर सिंगिङ स्टारको अडिसन प्रक्रियाको मिडिया पार्टनको रुपमा भने झरना मिडिया हाउस र झरना खबर डट कम रहेको छ । जुनियर सिंगिङ स्टारका विजेताले पाँच लाख, फस्ट रनरअपले २ लाख पचास हजार र सेकेण्ड रनरअपले एक लाखको पुरस्कार राशि पाउनेछन् ।

सम्बन्धित समाचारहरू

Comments