गोकर्णेश्वर नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण (भिडियो सहित)

  • झरना खबर
  • २०८१ श्रावण २२ गते १०:०० बजे प्रकाशित

काठमाडौं - गोकर्णेश्वर नगरपालिकाले ट्राफिक प्रहरी वृत्त बौद्धलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच नगरपालिकाका तर्फबाट नगर प्रमुख दिपक कुमार रिसालले ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गर्नुभइको हो ।

नगरपालिकाले सार्वजनिक यातायात पर्खने स्थानको लोगो १६ थान , फलामको चेन लक ५ मिटरको १० थान , ताला चाबी १६ थान , जेब्रा क्रसिङमा राखिने डिभाइडर २० थान  हस्तान्तरण गरेको छ । त्यस्तै नगर प्रमुख रिसालले पर्खन निशेष बोर्ड रिफ्लेक्टिभ १६ थान , म्याजिक लाईट १० थान ट्राफिक कोण ५० थान , १ सय थान फ्लोरोसेन्ट ज्याकेट लगाएतका कुल ३ सय १४ थान सामग्रीहरू प्रहरी वृत्त बौद्धका प्रमुख  जिेतेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

सामग्रीहरू हस्तान्तरणका अवसरमा नगर प्रमुख रिसालले ट्राफिक जनचेतना अभिवृद्धिका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै आगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनिकरणको लागि नगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय बौद्धबीच भबिष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडि बढ्ने सहमति समेत भएको जानकारी दिनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी वृत्त बौद्ध प्रमुख जितेन्द्र श्रेष्ठले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत ट्राफिक व्यवस्थापनमा नगरपालिका र ट्राफिक कार्यालयबीच सहकार्य रहने बताउनुभयो ।

ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख सान्नानी लामा , प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली , नगर प्रवक्ता समेत रहेका वडा नम्बर-५ का वडा अध्यक्ष नारायण बहाद्र सुवेदी , वडा नम्बर-८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ , वडा नम्बर-९ का वडा अध्यक्ष राजिब थापा , नगरपालिका ट्राफिक व्यवस्थापन समिति संयोजक शम्भु अधिकारी ,ट्राफिक कार्यालय नारायणटारका ट्राफिक प्रहरीहरु लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा  गोकर्णेश्वर नगर प्रहरीले सामग्रीहरू व्यवस्थापन गर्न सहजिकरण गरेको थियो । नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न् कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

Comments