शिवपुरी राष्ट्रिय निकुञ्जको चेकिङ्ग पोस्ट निःशुल्क गर्ने विषयमा मेयर रिसालको पहल सुरु

  • झरना खबर
  • २०८१ श्रावण १८ गते ०९:५२ बजे प्रकाशित

सुन्दरीजल- गोकर्णेश्वर नगरपालिको वडा नम्बर-१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका तीन ठुला बस्तीमा जान आउन चेकिङ्ग पोस्ट राखिएको र नागरिकले पैसा तिर्नुपर्ने विषयले निकै चर्चा पाइरहेका बेला गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले चेक पोस्ट निःशुल्क गर्न पहल थालेका छन् ।

उक्त क्षेत्रमा रहेका ओख्रेनी चिलाउने र मुलखर्कका नागरिकले लामो समयदेखि नगरपालिकासँग सिमा जोडिएको सुन्दरीजल क्षेत्रबाट घर जाने क्रममा र बजार झर्दा शिवपुरी राष्ट्रिय निकुञ्जको चेकिङ्ग पोस्टमा पैसा तिरेर मात्र जाने आउने गर्नुपर्ने बाध्यताको अन्त्य गर्न र चेकिङ्ग पोस्ट निःशुल्क गर्ने विषयमा मेयर रिसालले बिहिबार वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही ठकुरीलाई भेटेर छलफल चलाएका हुन् ।

भेटका क्रममा मन्त्री शाहीले आफुले सक्दो छिटो पहल थाल्ने र त्यहाँका नागरिकलाई सहज वातावण बनाउने जनाएको मेयर रिसालले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरू

Comments