नि:शुल्क स्वास्थ्य शिबिर गोकर्णेश्वर नगरपालिका वडा नं-८ को शहरी स्वास्थ्य केन्द्रले गर्यो
- झरना खबर
- २०८० चैत्र २१ गते ०९:३६ बजे प्रकाशित

काठमाडौँ- गोकर्णेश्वर नगरपालिका वडा नं ८ शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ | उक्त स्थानमा रहेको शहरी स्वास्थ्य केन्द्रको प्रचारप्रसार गरि जनताले बढी भन्दा बढी सेवा लिउन भनि शिबिर आयोजना गरिएको थियो |
शिविरमा निशुल्क विशेषज्ञ सेवा, निशुल्क औसधि वितरण सेवा र निशुल्क ल्याब सेवा समेत प्रदान गरिएको थियो | वडा नं ८ कै कार्यलयमा रहेको शहरी स्वास्थ्य केन्द्रले वडाका बासिन्धालाई सेवा दिदै आएको छ |
उक्त शिविरमा नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, सोहि वडाका वडा अध्यक्ष नन्दलाल श्रेष्ठले सेवाग्राहीहरुलाइ सान्त्वना दिन पुगेका थिए |
अन्तिम अपडेट : २०८० चैत्र २१ गते ०९:४८ बजे
Comments