बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीसँग सीआईबीले लियो २ घण्टा बयान
- झरना खबर
- २०८० चैत्र ८ गते ११:२८ बजे प्रकाशित
.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।
उनीसँग दुई घण्टा बयान लिइएको ब्युरोका एक जना अधिकृतले बताए । चौधरी बयान पुरा गरेर निस्किएका छन् । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ । छाला जुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले बताए ।
अन्तिम अपडेट : २०८० चैत्र ८ गते ११:२८ बजे
Comments