पासा ग्वाहाली पुच: सहकारीद्वारा आयोजित नेतृत्व विकास तथा ब्यबस्थापन तालिम सम्पन्न

जोरपाटी - गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ४ गोकर्णमा रहेको पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीहरुको लागि आयोजना गरेको दुईदिने नेतृत्व विकास तथा ब्यबस्थापन तालिम सम्पन्न गरेको छ।

शुक्रबार र शनिबार मकवानपुरको चित्लाङमा रहेको चित्लाङ रिसोर्टमा भएको उक्त कार्यक्रम पासा ग्वाहाली पुच बचत तथा ऋण सहकारी संस्थाको आयोजना र बिद्या ब्यायाम इङ्लिस सेकेण्डरी स्कुलको प्राविधिक सहयोगमा संचालन गरिएको थियो।

सहकारीले कर्मचारीहरुमा व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष हरि कृष्ण श्रेष्ठले बताउँनु भयो । उहाँले संस्थाले आगामी दिनहरुमा संस्थामा आवद्ध कर्मचारीहरुको क्षमता विकास र प्रर्वद्धन र बचत कर्ताको आर्थिक वृद्धिका लागि विभिन्न खाले तालिमहरु आयोजना गर्दै जाने बताउँनु भएको छ।

उक्त तालिमका प्रमुख प्रशिक्षक कास्कुनका कार्यक्रम अधिकृत नवराज सुवेदीले सहकारीको कार्यदिशा ,सहकारीले अपनाउनुपर्ने नियम तथा कर्मचारीले पालना गर्नुपर्ने नीतिका वारेमा प्रशिक्षण दिनुभएको थियो ।

तालिममा सहकारीका उपाध्यक्ष सहदेव थापा,सचिब बालकृष्ण श्रेष्ठ ,कोषाध्यक्ष प्रेमलाल श्रेष्ठ ,सहसचिव प्रेम कुमार श्रेष्ठ लगाएत लेखासमितिका सदस्य ,संस्थाका सल्लाहकारहरु र उपसमितिका पदाधिकारी सदस्यहरुका साथै तालिम व्यवस्थापक सहित ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरू

Comments