पूर्वसचिव कार्कीकी श्रीमतीलाई आफ्नै कामदारले हानेको सीसीटीभीमा देखियो !

काठमाडौं । ललितपुरको सानेपामा सोमबार पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या आफ्नै कामदारले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आफ्नै घरमा विगत ६ वर्षदेखि काम गर्दै आएका विजय चौधरीले नै पूर्वसचिवकी श्रीमती मुनालाई लछार्दै गरेको भिडियो सीसीटीभी फुटेजमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 

हत्यालगत्तै विजयले आत्महत्या गरेको हुन सक्ने आशंका छ । 

कार्कीको घरमा रहेको सीसीटीभी फुटेज प्रहरीले लिएको थियो ।

नेपाल प्रहरीका एसएसपी टेकप्रसाद राईले डाइनिङ टेबलको बीचमा कामदार लडेको अवस्थामा फेला परेको, उनी नजिकै डोरी झुन्डिएको अवस्थामा रहेको र भित्र किचनमा मुना रगतले लतपतिएको अवस्थामा प्रहरीले फेला पारेको जानकारी दिए ।

अनुसन्धानकै क्रममा रहेकाले थप विवरण अनुसन्धानपछिमात्रै भन्न सकिने उनको प्रतिक्रिया थियो ।

“सीसीटीभी फुटेजमा चौधरीले कार्कीलाई लछारपछार गरेको देखिएको छ,” प्रहरी स्रोतले भन्यो, “भित्र पिर्काले हानेको र पिर्का फुटेपछि भुइँमा टोउको बेस्सरी ठोक्काएको देखिन्छ ।”

सम्बन्धित समाचारहरू

Comments