ओलीसँग मान्छे निराश भए अब मत कम्ति हाल्छन्,मैनाली

काठमाण्डौं : झापा आन्दोलनका अगुवा तथा पूर्वएमाले नेता राधाकृष्ण मैनालीले प्रधानमन्त्री केपी ओलीको हालत सीपी मैनालीकै जस्तो बन्ने दाबी गरेका छन् ।ओलीले केन्द्रीय समितिको बैठकमा आगामी चुनावमा आफूहरुले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउने र १२० भन्दा माथि सिट जित्ने बताएका थिए ।तर, परिस्थिति ओलीले सोचे जस्तो नहुने मैनालीको विश्लेषण छ । उनले भनेका छन् ‘अब चुनाव भइहाल्यो भने ओलीलाई जस्तो लाग्या छ, त्यस्तो हुँदैन । जीरो सीट नै त नजाला, तर धेरै ठाउँमा असफल हुन्छ ।

ओलीसँग मान्छे निराश भए अब मत कम्ति हाल्छन् ।ओलीपट्टि’, भँडाहा कार्यकर्ता छन् मैनालीले भने,मैनालीका अनुसार नेकपाका धेरैजसो कार्यकर्ताहरुले ओलीकै कारण पार्टी विभाजन भएको बुझेका छन् । नेकपाको पहिलो नम्बरको अध्यक्ष र प्रधानमन्त्री समेत हुनुको नाताले पार्टीलाई मिलाउनुपर्ने मुख्य दायित्व ओलीकै काँधमा रहेकोमा उनले नै पार्टी फुटाउने काम गरेको कार्यकर्ताहरुको बुझाइ रहेको मैनाली बताउँछन् ।

ओली गुटमा राम्रो स्वाभाव र राम्रो इमेज भएका कार्यकर्ताहरुको संख्या कम छ । गोकुल बास्कोटा,महेश बस्नेतजस्ता मान्छेहरु छन् । यी सबै कुराले गर्दा मलाई लाग्छ पार्टी फुटाउनेको छवि राम्रो हुँदैन’उनी भन्छन् । प्रचण्ड र माधव नेपालसँग ओलीको शैली नै नमिल्ने मैनालीको बुझाइ छ ।

सम्बन्धित समाचारहरू

Comments