
काठमाडौँ - बौद्धनाथ क्षेत्र बिकास समितिका अध्यक्ष चन्द्रमान लामाले काठमाडौँ महानगरपालिका ६ सिमल्टारमा निर्माण विकासको ओहिरो लागेको बताए। बौद्धनाथ क्षेत्र विकास अन्तर्गतका योजना कार्यन्वयनका लागि अनुगम गर्ने क्रममा महामृत्युन्जय मन्दिर सत्तल निर्माण स्थलमा अध्यक्ष लामाले उक्त कुरा बताएका हुन्। उनले हालैका लागि ७ योजना मध्ये ५ योजन सिमल्टार केन्द्रित भएको बताए। साथै अध्यक्ष लामाले कोभिडका कारण योजना कार्यान्वयनमा समस्या आएको बताए।
कार्यकारी निर्देशक बसन्त लामाले सबै आयोजनाहरु समयमै सम्पन्न गराउने प्रतिवद्दता जनाए । उनले सिमलटार स्थित महामृत्युञ्जय मन्दिर परिसरमा सत्तल निर्माण , रिद्दिसिद्दी गल्ली ढलान, प्रवेशद्धार निर्माण, बोरिङ - फिल्टर जडान, ढुंगे धारा मर्मत तथा क्रियापुत्री भवन निर्माण, बज्रनगरमा मुर्ती बनाउन, सुबिनगरमा सामुदायिक भवन निर्माण गर्नका लागि प्राबिधिक टिम लागिसकेको जानकारी दिए।
अनुगमान कै क्रममा महामृत्युन्जय मन्दिर संरक्षण संस्थाका उपाध्या पुष्कार चालिसेले बौद्धनाथ विकास समितिलाई धन्यवाद दिए। उनले बिशेष समन्वयन गरिदिएकोमा संघीय सांसद कृष्ण राई समेत धन्यवाद प्रकट गरेका थिए।
अनुगमनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सदस्य बिरेन्द्र लामा, बौद्ध नाथ क्षेत्र विकास समितिका सदस्य माया डाेल्मा लामा, मजेन्द्र सिंह, कुमार तामाङ, मनोज लामा सहित प्राबिधिक टोलीको उपस्थिति रहेको थियो।
अन्तिम अपडेट : २०७७ मङ्सिर २८ गते २०:३७ बजे
Comments