काठमाडौं उपत्यकामा आज झण्डै ४ हजार कोरोना संक्रमित थपिए

  • झरना खबर
  • २०७८ बैशाख २१ गते १७:५३ बजे प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरू

Comments