प्रधानमन्त्रीको निशानामा माओवादीको तर्फबाट बनेका प्रदेश प्रमुख,गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस

  • झरना खबर
  • २०७८ बैशाख २० गते १७:१२ बजे प्रकाशित

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो।

शेरचन र त्रिपाठी दुबै जना माओ‌वादी केन्द्रका पूर्वनेता हुन्। उनीहरूलाई  नेकपाकालीन समयमा प्रदेश प्रमुख नियुक्त गरिएको थियो।  

सम्बन्धित समाचारहरू

Comments