काठमाडौं भित्रिने र बाहिरिने नागढुङ्गा नाकामा पनि कडाइ

  • झरना खबर
  • २०७८ बैशाख २० गते १५:४२ बजे प्रकाशित

काठमाडौं : कोरोना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञाका क्रममा काठमाडौं भित्रिने र बाहिरिने नागढुङ्गा नाकामा पनि कडाइ गरिएको छ । नागढुङ्गा नाकाबाट अत्यावश्यक बाहेकका सवारी साधानलाई प्रवेशमा रोक लगाइएको छ ।
नाकाबाट सबै भन्दा धेरै एम्वुलेन्स काठमाडौं प्रवेश गरेको थानकोट प्रहरीले जनाएको छ ।

त्यस्तै खाद्य सामग्री बोकेका सवारी साधान र अत्यावश्यक कामका लागि आएका केहि निजी सवारीलाई पनि उपत्यका प्रवेश गराइएको छ ।
साँझ भने समस्यमा परेका सर्वसाधारणलाई गन्तव्यमा पुराउन केही सार्वजनिक बस काठमाडौंबाट बाहिरिने गरेको छ । निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक सेवाको सवारी साधनलाई मात्र काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न अनुमित दिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचारहरू

Comments