बार्सिलोना ग्रानडासँग स्तब्ध, शीर्षस्थानमा उक्लने मौका गुमायो

  • झरना खबर
  • २०७८ बैशाख १७ गते ११:१७ बजे प्रकाशित

एजेन्सी : बार्सिलोनाले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । खेलको २३ औँ मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलेको ६३ औँ मिनेटमा डार्विनले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ७९ औँ मिनेटमा मोलिना गोल गर्दै ग्रानाडालाई अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल ग्रानाडाले जित्यो ।

यो हारसँगै बार्सिलोनाले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाको ३३ खेलबाट ७१ अंक रहेको छ । शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानमा रियल म्याड्रिडको ७१ अंक रहेपनिहेड टु हेडमा दोस्रो स्थानमा छ । बार्सिलोनालाई हराएको ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments