आईएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

  • झरना खबर
  • २०७८ बैशाख १५ गते १२:१२ बजे प्रकाशित

काठमाण्डौ : डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे बीच सम्झौता सम्पन्न भयो ।

सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।

यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई  पे,  एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भएपछि सेवाग्राहीहरूलाई डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको बताए ।

त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौतापछि  सेवाग्राहीहरुलाई डिम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्बन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार  व्यक्त गरेका छन ।

आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत  एक सय रुपैयाँमा एक सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments