आईएमई पे को अफर : नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत सयमा सय बोनस

  • झरना खबर
  • २०७८ बैशाख १० गते १३:०० बजे प्रकाशित

काठमाण्डौ : आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडको ‘आईएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरेर ल्याएको गृहप्रवेश अफर अन्तर्गत १ सय रुपैयाँमा १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो स्किममा सहभागी बन्नका लागि आईएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्ने आईएमई ग्रुपले जनाएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरण ९केवासी० फारम भरेर कुनै न कुनै माध्यमबाट आईएमई पे वालेटमा १ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यसमा प्रयोगकर्ताले १ सय रुपैयाँ नै बोनस रकम तत्काल प्राप्त गर्नेछन् । यसका लागि केवासी फारम भेरिफाइड हुनुपर्नेछ ।

यसरी प्रयोगकर्ताको ‘आईएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसिबसी आफ्नै मोबाइलबाट गर्न सकिने छ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिने  आईएमई ग्रुपले जनाएको छ । यी सवै सेवाका लागि ‘आईएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ । 

यो योजना अप्रिल २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा नै निहित हुनेछ ।

सम्बन्धित समाचारहरू

Comments