पत्रकार महासङ्घको मतगणना जारी,कस्ले मार्ला बाजी

  • झरना खबर
  • २०७७ चैत्र २६ गते ०९:२७ बजे प्रकाशित

काठमाण्डौ : नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यका अनुसार ७ प्रदेशअन्तर्गत ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको थियो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुन सकेन । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको अध्यक्ष आचार्यले जानकारी दिए।

सम्बन्धित समाचारहरू

Comments